भौतिक मन्त्री दाहालको स्पष्टिकरण - म फेल भएको होइन, अलि बढी हौसिएको हुँ

भौतिक मन्त्री दाहालको स्पष्टिकरण - म फेल भएको होइन, अलि बढी हौसिएको हुँ

शुक्रवार, फागुन २३ २०८१
शुक्रवार, फागुन २३ २०८१
  • images
    images
    भौतिक मन्त्री दाहालको स्पष्टिकरण - म फेल भएको होइन, अलि बढी हौसिएको हुँ
    images
    images

    काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन मुल्याङ्कनमा आफू फेल नभएको दाबी गरेका छन् ।
    शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको विभिन्न विषयमा जवाफ दिँदै उनले आफू अली बढी हौसिएको तर कमजोर नभएको बताएका हुन् ।

    उनले भने,“पूर्व–पश्चिम, उत्तर–दक्षिणका राजमार्ग बन्दै छन् । जिम्मेवारी सम्हालेपछि सिद्धबाबा सुरुमागको ब्रेक थ्रु भएको छ । तीन सय बढी किमी कालोपत्रे भएको छ । हामी रेलको कुरा गरिरहेका छौं । सरकारले यस अवधिमा एक किलोमिटर रेलमार्गको लक्ष्य राखेको थियो । तर, तीन किमी लिग निर्माण भएको छ । तर स्मार्ट लाईसेन्स वितरणमा कमजोर देखियो । मैले पुस मसान्तसम्म नौं लाख स्मार्ट लाइसेन्स वितरण गर्छु भनेको थिएँ । तर, हालसम्म एक लाख ६९ हजार भन्दा बढी लाइसेन्स वितरण गरेका छौं । यसमा म अलि हौसिएछु ।” 

    साथै उनले मन्त्री दाहालले राजमार्गहरूमा अपेक्षित सफलता हासिल गरिएको बताए । ग्वार्को फ्लाई ओभरमा पनि हौसिएको मन्त्री दाहालको भनाइ छ । “ग्वार्को फ्लाई ओभरमा अलिक हौसिएछ । इपीसी मोडलमा बनाउन थालेका रहेछौँ । पुसमै सम्पन्न गर्ने भनिएकामा प्राविधिक कुरा आयो,” उनले भने ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ७ अंक मात्र पाएपछि चौतर्फी आलोचना भोगिरहेका मन्त्री दाहालले आफू फेल नभएको कमजोर नरहेको जिकिर गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com