नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पाँडे नियुक्त

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पाँडे नियुक्त

बिहिवार, फागुन २२ २०८१
बिहिवार, फागुन २२ २०८१
  • images
    images
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पाँडे नियुक्त
    images
    images

    काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको अध्यक्षमा पुनः पृथ्वी बहादुर पाँडे नियुक्त भएका छन् । बैंकको फागुन २० गते बसेको सञ्चालक समितिको ६१७औँ बैठकले पाँडेलाई बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेका हुन् ।  

    बैंकको फागुन १५ गते सम्पन्न आर्थिक वर्ष २०८०/८१ को ३८ औँ वार्षिक साधारण सभाले संस्थापक समूह तर्फबाट पृथ्वी बहादुर पाँडेसहित दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी, र मदन कुमार आचार्यलाई निर्विरोध चयन गरेको थियो । 

    त्यस्तै, कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासेले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने भएका छन् । बैंक आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

    आर्थिक वर्ष २०८०/८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  लिमिटेडको कूुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्घि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/८१  को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड  रुपैयाँले वृद्घि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । 

    अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोश ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ । 

    हाल बैंकले २७२ शाखा, २६६ एटिएम, १६ राजश्व सङ्कलन काउन्टर सहित ६५ एक्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङ मापर्mत ३२ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ । 

    गुणस्तरीय सेवा तथा सुबिधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट ‘बेस्ट बैंक २०२३’को उपाधि समेत प्राप्त गर्न सफल भएको छ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com