images
Logo
images

प्रभु बैंकको दार्चुला शाखा कार्यालय सञ्चालन, शाखा सङ्ख्या ३१२ पुग्यो

प्रभु बैंकको दार्चुला शाखा कार्यालय सञ्चालन, शाखा सङ्ख्या ३१२ पुग्यो

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • प्रभु बैंकको दार्चुला शाखा कार्यालय सञ्चालन, शाखा सङ्ख्या ३१२ पुग्यो

    काठमाडौँ / प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले आइतबार  ३१२औँ शाखा कार्यालयको रूपमा सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलङ्गामा दार्चुला शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

    images
    images

    बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरूमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । 

    प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ ।  

    बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुखलगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । 

    बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुहुनेछ र प्रभु बैंकको दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

    साथै, दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ । 
      

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय