काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार पनि शुक्रबारकै मूल्यमा सुनचाँदी कारोबार गर्न सकिनेछ । आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी तोलामा १ हजार ९१५ रुपैयाँ पर्नेछ ।
