नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो भोलिसम्म चल्ने, हेर्नुस् तस्बिरसहित

नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो भोलिसम्म चल्ने, हेर्नुस् तस्बिरसहित

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो भोलिसम्म चल्ने, हेर्नुस् तस्बिरसहित
    images
    images

    काठमाडौँ / नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो (८औँ संस्करण) नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो बिटुबी इभेन्ट भोलिसम्म चल्नेछ । 

    बिहीबारदेखि शनिबारसम्म (२७ फेब्रुअरी देखि १ मार्च) सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने सो प्रदर्शनीमा यस वर्ष, चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादनहरू र प्रविधिहरू ल्याइएको छ । 

    Medical expo (3).JPG

    नेपाल मेडिकल एण्ड ल्याव शो चिकित्सा, शल्यचिकित्सा, डायग्नोस्टिक तथा अनुसन्धान प्रयोगशालाको बजार केन्द्रको रूपमा निरन्तर विकसित भइरहेको छ । 

    Medical expo (4).JPG

    समर्पित चिकित्सा तथा प्रयोगशाला मञ्चको रूपमा, NMS (Nepal Medical Show) चिकित्सा क्षेत्रका प्रमुख अस्पताल, चिकित्सक, प्याथोलोजिस्ट, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा विक्रेता तथा अन्य खरिदकर्ता समूहहरूलाई जोड्ने एक विश्वसनीय अन्तर्राष्ट्रिय स्रोत केन्द्रको रूपमा स्थापित भएको छ ।

    Medical expo (6).JPG

    एक्स्पोमा भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तानलगायतका देशहरूबाट उच्च गुणस्तरका आपूर्तिकर्ताहरू रहेका छन् । 

    Medical expo (7).JPG

    CHEMSAN (केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल), EEPC INDIA (इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल) तथा S D Promo Mediaद्वारा सह–आयोजना गरिएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com