रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

    काठमाडौँ / नेपाल स्रष्टा समाजले रेखा-पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने गर्ने भएको छ ।नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    images
    images

    रु।१ लाख १११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता, गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ। 

    नेपाली साहित्यको श्रीबृद्धिमा लागिपरेका ६० वर्ष उमेर पुगेका र उत्कृष्ट रूपमा लेखनीलाई निरन्तरता दिइरहेका स्रष्टामध्येबाट उक्त स्रष्टा सम्मान अर्पण गर्न थालिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

    रेखा (पवन स्रष्टा सम्मानको लागि यस पटक बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरि समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेको अध्यक्ष ‘रोदन’द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

    आगामी फागुन २४ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरि समर्पण गरिने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय