यात्रुबाहक रेलसेवा दैनिक सञ्चालनमा छ, थप विस्तार हुँदैछ : प्रधानमन्त्री ओली

यात्रुबाहक रेलसेवा दैनिक सञ्चालनमा छ, थप विस्तार हुँदैछ : प्रधानमन्त्री ओली

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • यात्रुबाहक रेलसेवा दैनिक सञ्चालनमा छ, थप विस्तार हुँदैछ : प्रधानमन्त्री ओली

    काठमाडौँ / प्रधानमन्त्री  केपी शर्मा ओलीले तराई मधेशमा रहेका एवं त्यहाँका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताएका छन् ।

    images
    images

    प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद प्रतिक्षा तिवारीले  गरेको  प्रश्नको  जवाफ दिँदै प्रधानमन्त्री ओलीले जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माण कार्य सम्पन्न भइ यात्रुबाहक रेलसेवा दैनिक संचालनमा आएको बताएका हुन् ।

    उनले भने, “तराई मधेशमा रहेका एवं त्यहाँका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको छ । यी आयोजनाहरूले तराई–मधेश क्षेत्र मात्र नभएर समग्र देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पुर्याउने भएकोले देशकै राष्ट्रिय गौरवका आयोजनाहरू हुन् ।”

    स्रोह्रौँ योजनामा यी आयोजनालाई प्राथमिकताका साथ समाबेश गरिएको उनले बताए । प्रधानमन्त्री ओलीले थपे, “आवधिक योजनाको लक्ष्य अनुरुप हरेक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा पनि यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशिल बनाइएको छ । जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुबाहक रेलसेवा दैनिक संचालन भएको छ ।”

    साथै उनले जयनगर–जनकपुर हरेक दिन तीन पटक र जनकपुर–विजयपुरा दिनको एक पटक आउने–जाने गरी रेल सेवा दिइएको समेत बताए ।

    उनले थप विजयपुरा–बर्दिबास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्न लागेको समेत जानकारी गराए ।

    “जयनगर–जनकपुर हरेक दिन तीन पटक र जनकपुर–विजयपुरा दिनको एक पटक आउने–जाने गरी रेल सेवा दिइएको छ । थप विजयपुरा–बर्दिबाससम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दैछ,” उनले भने, “काठमाडौँ–तराई मधेश द्रुत मार्गलाई शीघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको छ । यस आयोजनालाई छिटो सम्पन्न गर्ने सम्बन्धमा सम्बद्ध निकायका उच्च पदाधिकारीहरूसँग पटक पटक छलफल गरी तीव्रताका साथ कार्यान्वयन गरेको छु । यस आयोजनाको हालको भौतिक प्रगति ३७.६ प्रतिशत रहेको छ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय