शुक्रबारको राशिफल : कार्य सम्पादन र आर्थिक आम्दानीका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

शुक्रबारको राशिफल : कार्य सम्पादन र आर्थिक आम्दानीका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • शुक्रबारको राशिफल : कार्य सम्पादन र आर्थिक आम्दानीका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

    आज विक्रम संवत २०८१ साल माघ २५ गते, शुक्रबार । ईश्वी सन् २०२५ फेव्रुवरी ७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–दशमी, ४० घडी १४ पला, बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त एकादशी । रोहिणी नक्षत्र, ३३ घडी ५४ पला, बेलुकी ८ बजेर २३ मिनेट उप्रान्त मृगशिरा । योग–ऐन्द्र, २८  घडी २६ पला, बेलुकी ६ बजेर १२ मिनेट उप्रान्त वैधृती । तैतिल करण बिहान ११ बजेर ५० मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–बृष । राशिफलअनुसार आज तपाईँको समय कति शुभ कति अशुभ छ ? 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सोचविचार गरेर निर्णय लिने समय छ । भौतिक सुख सुविधामा खर्च बढ्नेछ । नोकरी वा पेशामा विवेकपूर्ण निर्णय लिने प्रयास गर्नुहोस्। मेहनत गर्दा रोकिएका काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले अरुलाई आफ्नो पक्षमा लिन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।  

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    प्रभावशाली व्यक्तिको हस्तक्षेपले कार्य सम्पदान चाँडै हुनेछ। रचनात्मक कार्य सम्पादन हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। विशिष्ट व्यक्तिहरू भेट हुने समय छ । पहिलेको सफलताले नयाँ काम गर्न उत्साह मिल्नेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    कार्यक्षेत्रमा अरुमाथि विश्वास गर्दा धोखा मिल्न सक्छ । परिवारको लागि खर्च बढ्नेछ । सेयर बजारबाट मनग्य लाभ प्राप्त होला। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। खर्च बढ्दा आर्थिक समस्या देखिन्छ । सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। धेरै लगानीले धेरै फाइदा हुने समय छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    अचल सम्पत्ति खरिद बिक्रीको समय उपयुक्त छैन । हिम्मतले काम लिने समय छ । आवश्यकता पूरा गर्नका लागि सरसापट गर्नुपर्ला । दिगो फाइदा हुने कामको खोजी हुनसक्छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा हुनेछ। 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। आर्थिक क्षेत्र सामान्य छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर छ । अरुलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आज कर्जामा बाहिरिएको धन फिर्ता आउन मुस्किल हुनेछ । यसर्थ, कर्जा दिनबाट बच्नुहोस् । प्रतिस्पर्धामा सफलता मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आश मारेको काम बन्दा उत्साह मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। रोकिएको काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    नोकरी वा पेशामा योजना गोप्य राख्नुहोस् । मेसिनरी प्रयोग गर्दा सावधानी अपनाउनुहोला । समयमा कार्य सम्पादन हुन कठिन छ । परिस्थितिले कठोर निर्णय गराउन सक्छ। नतिजा सच्याउन दोहोर्याएर काम गर्ने समय छ । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोज्ने समय छ। श्रमको दीगो फाइदा हुनेछ । मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार बढ्ने समय छ । कार्य समयमा सम्पादन गर्ने प्रयास गर्नुहोला। कार्यस्थलमा सरसल्लाहले काम गर्नुहोला । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन गर्न सकिनेछ ।  समय लाभदायक र मनोरञ्जपूर्ण रहेको छ । मान सम्मान र प्रतिष्ठा वृद्धि गर्ने समय छ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    कार्यक्षेत्रमा विरोधीहरू सक्रिय हुँदा कार्यमा बाधा पुग्नेछ । सफलताको लागि हिम्मतले काम लिने समय छ । यद्यपि, रकम तथा भौतिक साधन जुट्ने योग छ ।  दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहतले प्रतिस्पर्धामा सफलता मिल्नेछ । प्रतिष्ठा जोगाउन सफल भइनेछ। 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    घर परिवार र कार्यक्षेत्रमा विवाद देखिनेछ । साझेदारी व्यापारमा आपसी मतभेदको सम्भावना रहेको छ। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । प्रतिष्ठित काम गर्ने समय छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सम्पादन हुनेछन्। सेवामूलक काममा फाइदा हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। आयका नयाँ स्रोतहरू बढ्नेछन्। नयाँ कार्यमा जग बसाउने मौका छ। हडबडले काममा गडबडी हुनससकछ । अरुको फाइदाका लागि उपयोग भइएला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ला । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ हुनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    जोखिमयुक्त काममा रुचि बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने समय छ। आर्थिक कारोबारमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय