अर्थमन्त्री पौडेलले गरे पूर्वअर्थमन्त्री पुन र बजेटको कडा आलोचना, जस नपाएको गुनासो

अर्थमन्त्री पौडेलले गरे पूर्वअर्थमन्त्री पुन र बजेटको कडा आलोचना, जस नपाएको गुनासो

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • अर्थमन्त्री पौडेलले गरे पूर्वअर्थमन्त्री पुन र बजेटको कडा आलोचना, जस नपाएको गुनासो

    काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धबार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटको अर्धबार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै पूर्वअर्थमन्त्री बर्षमान पुन र बजेटको कडा आलोचना गरेका हुन् । 

    images
    images

    चालु आर्थिक बर्ष २०८१/८२ बजेटको आलोचना गर्दै बजेट सिद्धान्तको आधारमा निर्माण नगरिएको आरोप लगाएका छन् । 
    अर्थमन्त्री पौडेलले भने, “यो बजेटको प्रिन्सिपलमाथि नै उभिएर निर्माण भएको छैन, यो बजेट साँच्चै भन्ने हो भने एक प्रकारको मुलुकका लागि बोझ हो ।”

    “मैले यो बजेट ठिक ढंगले निर्माण भएको छैन, ठिक ढंगले कार्यान्वयन हुन सक्दैन भन्ने सच्चाइलाई देशवासीका सामुन्ने राखेर म पूरक बजेटको बाटोमा हिँड्न सक्थेँ,” उनले भने, “तर, मैले याद गरेँ, साथीहरू हौँ, वल्लोपल्लो मेचमा बस्छौँ, ठिकै छ भनेर अगाडि बढेँ ।” पुरक बजेट ल्याउदा पनि धन्यवाद पाउनुको सट्टा आलोचित बन्नु परेको उनको गुनासो छ । 

    अर्थमन्त्री पौडेलले बिना योजना र तयारी ११ हजार योजना थपेको आरोपसमेत पूर्वअर्थमन्त्री पुनलाई लगाएका छन् । 

    उनले बजेटमा ७५ हजार रुपैयाँ राखेर योजना समावेश गरेको भन्दै प्रदेश र स्थानीयले कत्रो बजेट ल्याउने ? भनेर प्रश्नसमेत गरे । 

    ११ हजार योजना सांसद्हरूको सिफारिसमा आएको बारे प्रश्न गर्दै उनले गैरजिम्मेवारीपूर्ण बजेटको जिम्मेवारीबारे प्रश्नसमेत उठाएका छन् । 

    यो बजेट एमाले सहभागी भएको अघिल्लो सरकारले ल्याएको थियो । सो बजेट वर्तमान सरकारले कार्यान्वयन गरिरहेको छ ।

    बजेट कार्यान्वयन क्रममा देखिएका विसंगति र अन्तरविरोध कानुनसम्मत ढंगले अर्धवार्षिक समीक्षाबाट सच्याउने गरी अगाडि बढेको उनको दाबी थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय