[ VEDIO] बिपिनको ‘सुन्दर तिम्रोमा नुपुर र रुबिनको रोमान्स कालीगण्डकी दोभानमा

[ VEDIO] बिपिनको ‘सुन्दर तिम्रोमा नुपुर र रुबिनको रोमान्स कालीगण्डकी दोभानमा

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • [ VEDIO] बिपिनको ‘सुन्दर तिम्रोमा नुपुर र रुबिनको रोमान्स कालीगण्डकी दोभानमा

    काठमाडौं/  युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको  “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डेकेन्द्र प्रडक्शनू युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको  संगीत, र डिकेको सुमधुर स्वर रहेको  छ। 

    images
    images

    एबिस फिल्म्सको उत्कृष्ट छायाँकन  रहेको भिडियोलाई  अभिष थापाको निर्देशनमा तयार पारिएको हो।

     भिडियो म्याग्दीको बेनी बजार वरपर छायाँकन गरिएको हो। म्याग्दीको बेनी बजार, प्राकृतिक सुन्दरताका साथै सांस्कृतिक समृद्धिका कारण प्रसिद्ध छ।

    V.jpg

    कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित यो सहर, केवल भौगोलिक सौन्दर्यमा मात्र नभई, कला र संगीतको उर्वरभूमिका रूपमा पनि परिचित छ। 

    भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवन्त बनाएको छ। निर्माण टिमले भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

     

    भिडियो लिंक: https://youtu.be/qVRy2GggG0g?si=wxynsDCJfks0xOsh

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय