अमेरिकामा फेरि अर्को जहाज दुर्घटना, जहाजमा सवार सबैजनाको मृत्यु

अमेरिकामा फेरि अर्को जहाज दुर्घटना, जहाजमा सवार सबैजनाको मृत्यु

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • अमेरिकामा फेरि अर्को जहाज दुर्घटना, जहाजमा सवार सबैजनाको मृत्यु

    काठमाडौँ / अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी जहाज दुर्घटना भएको छ। शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मल नजिक एक प्राइभेट विमान दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

    images
    images

    फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड (ब्रान्सन विमानस्थल) जाँदै गरेको विमानमा ६ जना सवार थिए, जसको विवरण अमेरिकाको उड्डयन विभागले दिएको छ। 

    दुर्घटनामा परेपछि लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स)को जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो जहाज दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ।विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एकजना सवार थिए।

    विमान तीव्र गतिमा खसेर घना आवादी भएको सहरको जमिनमा बजारिएको र त्यहाँ जहाजमा आगो लागेको थियो। केहीबेरमै आगो भीषण रूप लिँदै विस्फोट भएको थियो । दुर्घटनामा सवार सबैजनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय