अष्ट्रेलियामा व्यापार सहजीकरणका लागि चेम्बरद्वारा प्रतिनिधि चयन

अष्ट्रेलियामा व्यापार सहजीकरणका लागि चेम्बरद्वारा प्रतिनिधि चयन

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • अष्ट्रेलियामा व्यापार सहजीकरणका लागि चेम्बरद्वारा प्रतिनिधि चयन

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियामा व्यापार सहजीकरणका लागि प्रतिनिधी चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सिल सदस्य एवं व्यवसायी सञ्जिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरे ।  

    images
    images

    अष्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्रसहित आगामी कार्यकालका लागि बधाई एवं शुभकामना दिए । 

    नेपाल र अष्ट्रेलियाबीच व्यपार प्रर्वद्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शार्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रूपमा चयन गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    अष्ट्रेलिया नेपालीहरूको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधी चयन गरिएको सल्लाहकार परिषदका अध्यक्ष श्रेष्ठले बताए । 

    उनले भने, “नेपालबाट अष्ट्रेलियामा निर्यातको राम्रो सम्भावना देखिएको छ, चालु आर्थिक वर्षमा मात्रै ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, घरेलु तथा हस्तकलाका सामाग्री, कार्पेट, पास्ता लगायतका सामाग्री निर्यातका लागि अष्ट्रेलिया राम्रो बजार छ ।”

    यस्तै, अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई स्वदेशमा लगानी भित्र्याउन पनि सल्लाहकार परिषदका अध्यक्ष श्रेष्ठले आग्रह गरे । 

    चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए । नेपालमा व्यापार सहजीकरण मार्फत निर्यात प्रर्वद्धन गर्न आफूले पहल गर्ने शर्माको भनाइ छ । 

    नेपाल चेम्बर अफ कमर्सले विभिन्न मुलुकमा व्यापार सहजीकरण, एवं निर्यात प्रर्वद्धनका लागि प्रतिनिधि चयन गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय