क्रेस्ट माइक्रो लाइफको आइपिओ निष्कासन, वैदेशिक रोजगारमा रहेकाले आवेदन दिन सक्ने

क्रेस्ट माइक्रो लाइफको आइपिओ निष्कासन, वैदेशिक रोजगारमा रहेकाले आवेदन दिन सक्ने

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • images
    images
    क्रेस्ट माइक्रो लाइफको आइपिओ निष्कासन, वैदेशिक रोजगारमा रहेकाले आवेदन दिन सक्ने
    images
    images

    काठमाडौँ / क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आइपिओ निष्कासन भएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेकाहरूका लागि आइपिओ निष्कासन गरेको हो ।

    सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याएको हो । 

    कम्प्नीको सेयरमा न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपिओ बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलका अनुसार माघ २९ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ । 


    इक्रा नेपालबाट कम्पनीले बीबी रेटिङ प्राप्त गरेको छ । गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ । सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अनलाइन प्रणाली मेरोसेयरमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com