मङ्गलबारको राशिफल : आज कुन कुन राशि हुनेलाई छ धनलाभ र कार्यसफलताको योग ?

मङ्गलबारको राशिफल : आज कुन कुन राशि हुनेलाई छ धनलाभ र कार्यसफलताको योग ?

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • मङ्गलबारको राशिफल : आज कुन कुन राशि हुनेलाई छ धनलाभ र कार्यसफलताको योग ?

    आज विक्रम संवत २०८१ साल माघ १५ गते,  मंगलबार । ईश्वी सन् २०२५ जनवरी २८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष चतुर्दशी तिथि, १९ः३१ बजेपछि औंसी। पूर्वाषाढा नक्षत्र, ८ः५६ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १५ः०० बजेपछि मकर। आज कुन कुन राशि भएको व्यक्तिलाई छ आर्थिक लाभ र कार्यसफलताको योग, हेर्नुस् राशिफल 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कार्यक्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिन सकिनेछ। अरुलाई प्रभावित पारेर नाम र प्रतिष्ठा पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन् । हिम्मतले काम लिने समय छ । सानातिना काममै अल्झनुपर्ला । साँझतिर सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ र यश प्राप्त हुनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    श्रमको उचित मूल्याङ्कन नहोला । नोकरी वा पेशामा फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यवसायमा पारदर्शी हुनुहोला र लेनदेनमा सावधानी राख्नुहोला। आम्दानी घट्दा केही योजना अघि नबढ्न सक्छ । काम बिग्रने भयले सताउनेछ। पहिलेका समस्या दोहोरिन सक्छ । यद्यपि, मेहनतले लक्ष्यमा पुग्न सकिनेछ । साँझदेखि स्थितिमा सुधार आउन सक्छ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    कार्यक्षेत्रमा सम्पादन भएको कार्यबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। परिवारजनको साथले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। लोभ लालचमा पर्दा अरुले तपाईँको फाइदा उठाउन सक्नेछन् । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार व्यवसायमा चुनौतीपूर्ण कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। प्रयास गर्दा बजारमा फसेको धन मिल्न सक्छ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काममा फाइददा मिल्नेछ । नयाँ योजना सुरु हुनेछ । साँझतिर व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    महत्त्वाकांक्षी योजनाहरू गोप्य राख्दा लाभ मिल्नेछ। योजना अनुसार समयमा कार्यसम्पादन गर्न सकिनेछ। उद्योग व्यापारमा लाभ हुनेछ। परिस्थितिवश लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । यद्यपि, अपराह्नपछिको समय फलदायी हुनेछ । सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। कृषि र व्यापारमा दिगो काम सुरु हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार व्यवसायलाई लिएर गरेको यात्राबाट लाभ मिल्नेछ। साथीको सहायताले कार्यसम्पादन हुनेछ। तत्कालको फाइदाले परिस्थिति बिग्रन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। गोपनीयतामा सावधानी अपनाउनुहोला। अपरान्हपछि धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। नोकरीको खोजमा सफलता मिल्नेछ। पराक्रमले आटेको सम्पादन गर्न सकिनेछ। आफ्नो प्रतिफलबाट अरुले फाइदा लिन सक्छन् । अवसरको उपयोग गर्न नसक्दा पछि परिनेछ । दोहोर्याएर काम गदाृ सफलता मिल्नेछ । मेहनतले आंशिक लाभ मिल्नेछ । लेनदेनमा सचेत हुनुहोला । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार व्यवसायमा बाणीले कार्यसद्धि गर्न सकिनेछ। प्रतिस्पर्धीहरूका कारण विवादमा परिएला । मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। आर्थिक गतिविधिबाट फाइदा लिन सकिनेछ । बुद्धिले काम लिँदा चिताएको योजना बन्नेछ। मेहनतले अरुलाई आकर्षित गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् र सानो प्रयत्नले ठूलो काम बन्नेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय रहेको छ । कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आकस्मिक धनलाभको योग रहेको छ । यद्यपि, अरुका काम र भेटघाटमा अलमलिनुपर्ला। रोकिएका काम गर्ने समय छ। अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। काममा साथ दिनेहरू बढ्नेछन्।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आर्थिक क्रियाकलापहरूमा सचेत हुने समय छ । यद्यपि, योजना अनुरुप काम बन्दै जानेछन्। पछिको फाइदाको लागि केही वस्तु त्याग्नुपर्ला। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आज गरिएको मेहनतले पछिसम्म फाइदा दिलाउनेछ । कर्जामार्फत धन जुट्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    कार्यक्षेत्रमा लगनशीलताले सफल भइनेछ । भौतिक संसाधन जुटाउन धन खर्च हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ । आम्दानी बढ्नेछ र व्यापारमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ। सरसापटमा धन बाहिरिनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    नोकरी वा पेशामा नयाँ जिम्मेवारी हात लाग्नेछ। कला र लेखनको क्षेत्रमा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। तर, महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला। अपरान्हपछि व्यापारमा फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय