राष्ट्रिय वाणिज्य बैंकद्वारा ८९ जना नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालिन तालिम प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्वारा ८९ जना नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालिन तालिम प्रदान

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • images
    images
    राष्ट्रिय वाणिज्य बैंकद्वारा ८९ जना नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालिन तालिम प्रदान
    images
    images

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८९ जना नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालिन तालिम प्रदान गरिरहेको छ । बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त बरिष्ठ सहायक (प्रशासन, नगद र सूचना प्रविधि सेवाका) ८३ जना र अधिकृत स्तरका ६ जना गरी जम्मा ८९ जना कर्मचारीहरूलाई चौध दिने पूर्व सेवाकालिन तालिम सञ्चालन गरेको हो । 

    काठमाडौँमा आयोजित तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले गरेका हुन् । सो क्रममा उनले आफुले सैद्धान्तिक रूपमा सिकेका ज्ञानलाई अब व्यवहारमा उतारी ग्राहकहरूलाई चुस्त गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति दत्तचित्त भएर लाग्नुपर्ने बताए । 

    त्यस्तै, उनले विभिन्न प्रक्रिया पश्चात बैंकले  युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृट हुने बताए । 

    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । 

    कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त बरिष्ठ सहायक ८३ जना कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । 

    कार्यक्रम माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्षी जि.सी.लगायत कर्मचारीहरूके उपस्थिति रहेको थियो ।

    बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com