आइतबारको राशिफल : धनलाभ र कार्य क्षेत्रमा कुन कुन राशिलाई आज बढी फाइदा होला ?

आइतबारको राशिफल : धनलाभ र कार्य क्षेत्रमा कुन कुन राशिलाई आज बढी फाइदा होला ?

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • आइतबारको राशिफल : धनलाभ र कार्य क्षेत्रमा कुन कुन राशिलाई आज बढी फाइदा होला ?

    आज विक्रमस संवत २०८१ साल माघ १३ गते, आइतबार । ईश्वी सन् २०२५ जनवरी २६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष द्वादशी तिथि, १९ः२५ बजेपछि त्रयोदशी। ज्येष्ठा नक्षत्र, ७ः१३ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, ७ः१३ बजेपछि धनु। कुन राशिको आजको समय कस्तो रहला ? हेर्नुस् 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कार्यक्षेत्रमा श्रमको उचित मूल्याङ्कन नहोला । चिताएको काम पूरा हुन गाह्रो पर्नेछ । कमजोरीको फाइदा उठाउनेहरू सक्रिय कहुनेछ । नयाँ काम सुरु गर्न केही समय पर्खनुहोला । यद्यपि, प्रयत्न गर्दा फाइदाका स्रोत पत्ता लाग्नेछ ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    सांगितिक र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। कमजोर नतिजा सच्याउन दोहोर्याएर काम गर्नुपर्ने अवस्था आउला । गरेका कामबाट चिताएको नतिजा प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन हुनसक्छ । व्यवसायका लागि यात्राको सम्भावना छ । यात्रामा खर्च बढ्नेछ । मिहिनेतले काम सम्पादन गर्न सकिनेछ । यद्यपि, तत्काल आम्दानी भने नहुनसक्छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कार्यक्षेत्रमा चुनौती देखिनेछ। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। रोकिएको काम प्रारम्भ हुनेछ । योजनाअनुसार समयमै काम सम्पादन हुनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ। आस मारेको काम समेत बन्नेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। प्राथमिकताका आधारमा काम गर्नुहोला। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्राको अवसर प्राप्त हुनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार व्यवसायमा धन लाभ हुनेछ। अनलाइन कारोबारमा सचेत हुनुहोस् ।  लेनदेन होस् पुर्याएर गर्नुहोला। कृषि, पशुपालन तथा घरेलु कामकाजमा व्यस्त भइनेछ । फाइदा मात्र हेर्दा प्रतिष्ठामा आँच आउनसक्छ ।  पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सञ्चित धनमा वृद्धि हुनेछ। लगनशीलताले गर्दा लक्ष्यमा पुग्न गाह्रो नहोला। नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कार्यक्षेत्रमा आफ्नो कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। विदेश यात्राको लागि अवसर प्राप्त होला। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको धनलाभ गर्न सकिनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापारमा लगानी बढाउनुपर्ने स्थिति निर्माण हुनेछ। कार्यक्षेत्रमा अपरिचित व्यक्तिको विश्वास नगर्नुहोला। सोचे जस्तो नतिजा तत्काल प्राप्त नहोला। मेहनतले काम भने समयमै सम्पादन हुनेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    विगतमा गरेको कार्यबाट प्रशस्त लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना रहेको छ।व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। किनमेलमा खर्च बढ्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    दिगो कामको जग बसाउने अबसर मिल्नेछ। आय आर्जन राम्रो रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। मनग्य नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कार्यक्षेत्रमा नियमित कामलाई निरन्तरता दिन सकिनेछ। व्यापार व्यवसायमा मित्रवर्गहरूको साथ र सहयोग मिल्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय