एनआरएनहरूलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

एनआरएनहरूलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • एनआरएनहरूलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

    काठमाडौँ / नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ(एनआरएन)हरूलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने जनाएका छन् ।

    images
    images

    राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि  एनआरएनहरूलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्म विपरित रहेको बताएका हुन् ।  उनले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाए ।  

    संसारभर रहेका एनआरएनए नेताहरूले सरकारद्वारा हालै जारी अध्यादेशमा  गैरआवासीय संघले नेपाली नागरिकता लिइसकेका एनआरएनहरूलाई दस वर्ष निशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन् । 

    एक प्रश्नको जवाफमा पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए ।  यद्यपि उनले सरकारलाई काम गर्न दिनुपर्ने जनाउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जनाए ।

    उनले रवि लामिछानेको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताए ।  “सबै सहकारी पीडितहरूले न्याय पाउनु पर्छ । उनीहरूले आफुले बचत गरेको रकम फिर्ता पाउनुपर्छ । यसमा सरकारले खुट्टा कमाउनु हुँदैन ।  जुनसुकै पार्टीको भए पनि छुट पाउनु हुँदैन,” गिरीले भने ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय