आजको राशिफल : कुन कुन राशिका व्यक्तिलाई हुनेछ प्रशस्तै आर्थिक लाभ, कसलाई हुनेछ हानी ?

आजको राशिफल : कुन कुन राशिका व्यक्तिलाई हुनेछ प्रशस्तै आर्थिक लाभ, कसलाई हुनेछ हानी ?

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • आजको राशिफल : कुन कुन राशिका व्यक्तिलाई हुनेछ प्रशस्तै आर्थिक लाभ, कसलाई हुनेछ हानी ?

    आज विक्रम संवत २०८१ साल माघ ७ गते, सोमबार । ईश्वी सन् २०२५ जनवरी २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । षष्ठी तिथि, ९ः१४ बजेपछि सप्तमी। हस्त नक्षत्र, २०ः०४ बजेपछि चित्रा। चन्द्रराशि कन्या। आर्थिक लाभका दृष्टिले कुन राशिको समय कस्तो चल्दैछ आज । हेर्नुस् राशिफल 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। सोचबिचार गरेर मात्रै नयाँ काम सुरु गर्नुहोला । प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    कार्यक्षेत्रमा हतारमा निर्णय नलिनुहोला। महत्वकांक्षी योजनाहरू गोप्य राख्नुहोस् । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    नोकरी वा पेशामा कार्य समयमा सम्पादन नहुनाले मन अशान्त रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। यद्यपि, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कुनै काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । भौतिक सुख सुविधामा धन खर्च हुनेछ। चुनौति पन्छाएर काम गर्ने समय छ । विभिन्न उपहार प्राप्त हुनसक्छ । रोकिएका काम बन्नेछ । उद्योग र व्यापारमा लाभ मिल्नेछ । कर्मको उचित प्रतिफल पाइनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    रोकिएको काम सुरु गर्ने समय छ । इमान्दारीपूर्वक काम गर्दा जीवनशैलीमा सुधार आउनेछ । धन बाहिरिने सम्भावना छ । कर्जा र उधारो कारोबारमा चनाखो रहनुहोला । नियमित काममा फाइदा हुने भए पनि विवादास्पद जिम्मेवारीले झमेलामा पार्न सक्छ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मेहनतको राम्रो परिणामले आत्मविश्वास बढाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मिहिनेतले कीर्तिमानी कामको यश लिन सकिनेछ । रचनात्मक कार्य गर्न सकिनेछ । आफन्तहरूको साथ र सहयोगले अवसरहरू प्राप्त हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
    अवसरवादीहरुबाट सावधान रहनुहोला। वैदेशिक यात्राको लागि दिनभरि दौडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरुलाई सापट दिनुपर्ने हुनसक्छ । अर्थअभावले सताउने समय छ। अरुको करकापमा कुनै पनि निर्णय नगर्नुहोला । महेनत गर्दा समय अनुकूल रहेको छ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    श्रमको उचित मूल्याङ्कन हुनेछ। कृषि, पशुपालन तथा व्यापार व्यवसायमा लाभ मिल्न्ेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात पर्ने समय छ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नयाँ कार्यको थालनीबाट लाभ मिल्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। संघर्षले भविष्यको लागि लाभ दिलाउनेछ ।  प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् नोकरी तथा पेसा–व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू जुटाउन सकिनेछ । इच्छाएको काममा लगानी गर्ने समय छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
    सामाजिक दायित्व बढ्नेछ। नयाँ जिम्मेवारी पाउँदा मन खुसी हुनेछ। सामान्य फाइदा भए पनि तारिफयोग्य काम सुरु हुनेछ । चिताएको काम छिटै सम्पादन हुनेछ। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने समय छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा व्यवहारबाट लाभ मिल्नुको साथै नयाँ जिम्मेवारीबाट मनग्य धन लाभ हुनेछ। यद्यपि, स्वास्थ्यका कारणले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला।  सानातिना घरेलु कामले अल्झाउन सक्छ। लेनदेनमा विवाद हुन सक्छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
    नयाँ कार्यतिर अग्रसर हुने समय रहेको छ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्ने र दिर्घकालिन फाइदा हुने काम सुरु गर्ने समय छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय