अमेरिकाका राष्ट्रपतिका रूपमा चीन भ्रमण गर्ने डोनाल्ड ट्रम्पको इच्छा

अमेरिकाका राष्ट्रपतिका रूपमा चीन भ्रमण गर्ने डोनाल्ड ट्रम्पको इच्छा

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • अमेरिकाका राष्ट्रपतिका रूपमा चीन भ्रमण गर्ने डोनाल्ड ट्रम्पको इच्छा

    वासिङ्टन / अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाहकारहरूलाई बताएका छन् ।

    images
    images

    ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिनमा चीन भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । तर यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलको समाचारमा उल्लेख छ ।

    ट्रम्पले सोमबार दोस्रो कार्यकालका लागि शपथ लिनेछन् । उनले पहिलो चार वर्षे कार्यकालको एक वर्ष नपुग्दै सन् २०१७ मा बेइजिङको भ्रमण गरेका थिए । 

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि उपराष्ट्रपति हान झेङ जनवरी २० मा वासिङ्टन डीसीमा हुने ट्रम्पको उद्घाटन समारोहमा सहभागी हुने घोषणा गरेका छन् भने शुक्रबार सीले ट्रम्पसँग फोनवार्ता गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय