आजको राशिफल : राशिअनुसार कार्य सम्पादन र आयआर्जनमा तपाईको आज कस्तो रहनेछ ?

आजको राशिफल : राशिअनुसार कार्य सम्पादन र आयआर्जनमा तपाईको आज कस्तो रहनेछ ?

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • आजको राशिफल : राशिअनुसार कार्य सम्पादन र आयआर्जनमा तपाईको आज कस्तो रहनेछ ?

    आज विक्रम संवत २०८१ साल, माघ ४ गते, शुक्रबार । ईश्वी सन् २०२५ जनवरी १७ तारिख । नेपाल संवत् ११४५ । माघ कृष्णपक्ष चतुर्थी तिथि। मघा नक्षत्र, १३ः३१ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह। पञ्चाङ्ग : सौभाग्य बव मघा। आर्थिक लाभका हिसाबले कुन राशी हुनेको समय कस्तो चल्दैछ ? हेर्नुस् राशिफल 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आय क्षेत्र सामान्य रहनेछ । काम बन्न समय लाग्दा समस्या बढ्नेछ । नयाँ नयाँ योजनामा खर्च बढ्नेछ । बोलीको माध्यमबाट व्यापार व्यवसायमा काम बनाउन सकिनेछ । परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ। 

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    कार्यक्षेत्रमा आम्दानीका स्रोतहरू फेला पर्नेछन् । अवसर प्राप्त भए पनि परिस्थिति अनुकूल नहुनसक्छ । दोहोर्याएर गर्दा काम बन्न सक्छ । भावनामा कुनै पनि निर्णय नगर्नुहोला । दीर्घकालीन महत्त्वका काममा राम्रोसँग सोचबिचार गर्नुहोला । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज धैर्य गरेर लगनशील भई काम गरेमा लाभ लिन सकिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । उद्योग व्यापारमा प्रशस्त लाभ हुनेछ । व्यापारमा उतारचढाव आउन सक्छ । हिम्मतले काम लिने समय छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    मिहिनेतले मानसम्मान दिलाउनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ।  बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। रोकिएका काम पनि सम्पादन हुनेछन्। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तपाईँको प्रगतिमा ईष्र्या गर्नेहरू बढ्नेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    पहिलेको सफलताले थप हौसला जगाउनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। निर्धारित योजना समयमा पूरा हुनेछ । वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । सवारी साधनमा खर्च बढ्न सक्छ । कार्यक्षेत्रमा खुट्टा तान्नेहरूसँग सतर्क रहनुहोस् । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। अरुको लागि बुद्धि र बल खर्च गर्नुपर्ला। व्यापारमा लाभ रहनेछ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ।  

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। सेयर बजारबाट लाभ लिन सकिनेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । व्यवसाय वा नोकरीमा कामको उचित मूल्याङ्कन हुनेछ । विशिष्ट व्यक्तिको सहयोगले महत्तवपूर्ण काम बन्नेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आकस्मिक धन लाभको योग छ। व्यापार व्यवसायमा कुनै निर्णय लिनुअघि परिवारको सल्लाह लिनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    मान सम्मान बढ्ने योग छ । उद्योग व्यवसायबाट पनि प्रशस्त लाभ मिल्नेछ । अवसर तथा सफलताले पछ्याउनेछन्। महत्वकांक्षी काम सुरु गर्ने समय छ । मन परेको स्थानमा भ्रमणको योग रहेको छ । अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। 

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    कार्यसम्पादन नहुने भय रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। सवारी साधन चलाउँदा सावधानी राख्नुहोस् । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सानातिना घरेलु कामले अल्झाउन सक्छ। 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    नयाँ काम सुरु गर्दा अनुभवीहरूको राय सल्लाह लिनु होला । समय सामान्य रहेको छ । साझेदारी व्यापारबाट लाभ मिल्न्छ र काममा साथी तथा जीवनसाथीको सहयोग मिल्नेछ। हातमा आएको रकम तत्काल खर्च हुनेछ। हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुनसक्छ। 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    नोकरी वा पेशामा उचित मूल्याङ्कन मिल्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। खर्च लागे पनि प्रयत्न गर्दा आंशिक काम बन्नेछ। थोरै लाभ भए पनि अभाव टर्नेछ। भविष्यमा फल दिने काम सुरु हुनसक्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय