अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, यी हुन् सदस्यहरु

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, यी हुन् सदस्यहरु

आइतवार, पुस २८ २०८१
आइतवार, पुस २८ २०८१
  • अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, यी हुन् सदस्यहरु

    पेशागत   पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका -Federation of International Journalist, America_ स्थापना भएको छ ।

    images
    images

     
    अमेरिकी कानुन अनुसार हालै अमेरिकामा दर्ता भएको महासंघले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको छ । संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ भने संसारभर विभिन्न देशहरूमा देश स्तरीय शाखा पनि गठन  गर्ने तयारी महासङ्घले गरेको छ । 

    लामो समय क्रियाशिल भएकादेखि नयाँसम्मका वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहेका छन् भने आगामी दिनमा महासङ्घ लाई बिस्तार गर्दै लगिने र संस्थामा पेशागत पत्रकारहरू मात्र रहने महासङ्घले स्पष्ट गरेको छ ।


      बरिष्ठ पत्रकारहरु  कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एबम अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल, मोफसलको  दैनिक पत्र, जन सङ्घर्षका  प्रधान सम्पादक डा. बाल कृष्ण चापागाईँ, यसै गरी गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष पुरु घिमिरे, कान्तिपुर दैनिक देखि विभिन्न हिमालय खबरका प्रधान सम्पादक विजय घिमिरे महासङ्घको सल्लाहकार रहेका छन् । 

    अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको को नव गठित कार्य समितिको अध्यक्षमा नेपाल मदर डट कमका प्रधान सम्पादक, एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक एवं प्रसिद्ध कलाकार रामप्रसाद खनाल रहेका छन् । 

    महासङ्घको उपाध्यक्षमा बरिष्ठ पत्रकारहरु  क्रमशः जनता प्रसारण तथा प्रकाशन लिमिटेड–जनता टेलिभिजन, रेडियो जनता ८९.१ मेघाहर्जका सामाचार निर्देशक टंक पन्त , अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पाक  अखण्ड भण्डारी, योहो टेलिभिजनका समाचार निर्देशक जीवराम भण्डारी, एभेन्युज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला रहेका छन् । 

    यस्तैगरी अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ रहेका छन् । 

    यसै गरी महासङ्घको महासचिवमा स्वतन्त्र पत्रकार, खोज पत्रकारिताका लागि परिचित  माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर  टङ्क दाहाल रहेका छन् भने सचिवमा    अनिल अधिकारी र  कोषाध्यक्षमा  अर्जुन दाहाल रहेका छन् । 


       यसै गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा  इनेप्लिज डट कमका प्रधान  सम्पादक  विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक नवराज कुँवर, दिनेश कार्की, गोरखापत्रमा लामो समय काम गरेका कृष्णराज खनाल , क्यानाडाबाट विगत २० वर्षदेखि नमस्ते रेडियो र कार्यक्रम सञ्चालन गर्दै आएका अनिल थापा, लामो समय देखि विभिन्न मिडियाहरूमा काम गर्दै आएका युवा पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट देशान्तर देखि अन्य मिडियाहरूमा काम गरेका अर्का पुराना पत्रकार सुरेन्द्र सापकोटा रहेका छन् । 


    सबै महादेशहरूबाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई पूर्णता दिने गरी  केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गर्ने तयारी रहेको बताइएको छ ।  

    पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले नेपाली पत्रकारहरूलाई मात्र होइन विभिन्न देशका पत्रकारहरूलाई समेट्दै जाने र जुन सुकै देशको पेशागत पत्रकार पनि यसमा आबद्ध हुन पाउने विधानमा व्यवस्था गरिएको छ ।    
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय