पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्ने अर्थमन्त्री पौडेलको वाचा

पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्ने अर्थमन्त्री पौडेलको वाचा

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्ने अर्थमन्त्री पौडेलको वाचा

    काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । 

    images
    images

    शुक्रबार काठमाडौँमा आयोजित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो क्षेत्रको लागि नीति र बजेटसँगै आजभोलि नै गर्न सकिने काम गर्ने विश्वास दिलाए । 

    उनले भने, “जतिबेला हामी सरकारमा छौँ, हुन्छौँ त्यतिबेला पर्यटन क्षेत्रका समस्याहरूलाई बुझ्ने र समाधान गर्ने सन्दर्भमा केही निर्णयहरू भएका छन् । पर्यटन व्यवसायका सन्दर्भमा एउटा महत्त्वपूर्ण प्रयोग भइरहेको छ । 

    यस क्षेत्रलाई राम्रोसँग हुर्किने, फूल्ने मौका दिनुपर्छ भन्ने सरकारको बुझाइ हो । त्यसैले यस क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि केही राम्रा कदमहरू चाल्ने छौँ । नीति, बजेटको बारेमा कदम चाल्ने छौँ र तुरुन्तै गर्न सकिने काम गर्नेछौँ ।”

    उनले पर्यटन क्षेत्रको सम्भावनालाई यथार्थमा बदल्नको लागि अब सरकारले पर्यटन व्यवसायीहरूको समग्र समस्याको समाधान गर्ने भन्दै उच्च मनोबलका साथ राष्ट्र निर्माणमा योगदान दिनसक्ने क्षेत्रको रूपमा विकासका पहल गर्ने बताए ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय