नेपाल एसबिआई बैंकद्वारा ताल बाराही मन्दिर, फेवाताल, पोखरामा १० लाख सहयोग

नेपाल एसबिआई बैंकद्वारा ताल बाराही मन्दिर, फेवाताल, पोखरामा १० लाख सहयोग

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • नेपाल एसबिआई बैंकद्वारा ताल बाराही मन्दिर, फेवाताल, पोखरामा १० लाख सहयोग

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले ताल बाराही मन्दिर पुनर्निर्माणका लागि १० लाख रुपैयाँ लाख आर्थिक सहयोग गरेको छ । बैंकले पोखरास्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको हो । 

    images
    images

    उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिने बताइएको छ । कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सलले ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष, प्रशुराम शर्मा पहारीलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । 

    उक्त कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत,  दीपक कुमार दे, सञ्चालक, पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा,  नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत, राजेश कुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

    बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय