एस.ए.एस.देखि ग्याल्वा कन्ट्रक्सनसम्म दर्जनौँ निर्माण कम्पनी कालोसूचीमा

एस.ए.एस.देखि ग्याल्वा कन्ट्रक्सनसम्म दर्जनौँ निर्माण कम्पनी कालोसूचीमा

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • एस.ए.एस.देखि ग्याल्वा कन्ट्रक्सनसम्म दर्जनौँ निर्माण कम्पनी कालोसूचीमा

    काठमाडौँ  / सार्वजनिक खरिद अनुगमन कार्यालयले एस.ए.एस. कन्ट्रक्सनदेखि ग्याल्वा कन्ट्रक्सनलगायत विभिन्न निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । बिहीबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जानकारी दिएको हो । 

    images
    images

    कार्यालयको मिति २०६१।०९।१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गरी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । 

    उक्त कम्पनीहरूलाई तीन वर्षदेखि न्यूनतम् एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

    यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय पाचथर, सडक विभाग, वन निगम, नेपाल टेलिकमलगायतका संस्थाहरूको अनुरोधमा यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । 

    सूचना

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय