सवारी ज्यान मुद्दादेखि चेक अनादरसम्मका फरार ब्यक्तिहरु  एकै दिन ३२ जना पक्राउ

सवारी ज्यान मुद्दादेखि चेक अनादरसम्मका फरार ब्यक्तिहरु  एकै दिन ३२ जना पक्राउ

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • images
    images
    सवारी ज्यान मुद्दादेखि चेक अनादरसम्मका फरार ब्यक्तिहरु  एकै दिन ३२ जना पक्राउ
    images
    images

    रौतहट प्रहरीले एकै दिन ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अपराधिक क्रियाकलाप गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार एकै दिनमा जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    पक्राउ हुनेहरुमा सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना , अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतिमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको उनले जानकारी दिए । 

    पक्राउ परेकामध्ये सबैभन्दा बढी सवारी ज्यान कसुर सम्बन्धी मुद्दाका आरोपी रहेको उनको भनाइ छ ।  पक्राउ परेका ३२ जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा  उपस्थित गराईएको प्रवक्ता रायले बताए ।


    उनीहरूबाट जरिबाना स्वरूप करीब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com