images
Logo
images

‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

सोमवार, पुस १५ २०८१
सोमवार, पुस १५ २०८१
  • ‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

    काठमाडौँ / रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पूँजीहरूलाई एकीकृत रूपमा परिचालन गरे ठूलो कम्पनीको मालिक बन्न सकिने बताएका छन् ।

    images
    images

    आइतबार रिटर्नी नेटवर्क नेपाल सामुहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरूको लागि आय स्तरमा वृद्धि हुनु सकरात्मक भएको बताएका हुन् ।

    उनले भने, “व्यक्ति व्यक्तिमा छरेर रहेका स-साना पूँजीहरूलाई एकिकृत रूपमा परिचालन गरेर ठूलो कम्पनीको मालिक बन्न सकिन्छ । वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरूको लागि आय स्तरमा भएको वृद्धि भएको छ ।  राष्ट्रिय पूँजी निर्माणमा रेमिट्यान्सले प्रदान गरेको सहयोग र देश विकासको चक्रमा रेमिट्यान्सबाट प्राप्त भएका पूँजीहरू लगानी भइरहेको सन्दर्भलाई हेर्ने हो भने यसलाई सकारात्मक मान्नुपर्छ ।”

    साथै उनले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको बताए । उनले एक महिनामै ८५ हजार युवाहरू विदेश जानु हाम्रो  देश अब कता जान्छ भन्ने प्रश्न उठेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय