नबिल बैंकको सिनियर डिसिओमा ज्ञवालीको बढुवा, दुई दशकबढी काम गरेको अनुभव

नबिल बैंकको सिनियर डिसिओमा ज्ञवालीको बढुवा, दुई दशकबढी काम गरेको अनुभव

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • images
    images
    नबिल बैंकको सिनियर डिसिओमा ज्ञवालीको बढुवा, दुई दशकबढी काम गरेको अनुभव
    images
    images

    काठमाडौँ / नबिल बैंकले महाप्रबन्धक रहेका मनोज कुमार ज्ञवालीलाई डिसिइओमा बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको गत बिहीवार बसेको बैठकले ज्ञवालीलाई डिसिओमा बढुवा गरेको हो । 

    उनी नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। यसअघि ज्ञवाली डेपुटी सिइओ थिए। अब उनीसँगै बैंकमा दुई जना सिनियर डेपुटी सिइओ हुनेछन् । यसअघि नबिल बैंकको सिनियर डेपुटी सिइओ रूपमा सुजित शाक्य छन् ।

    चार बर्षअघि २०७७ जेठमा नबिल बैंकको नायब महाप्रबन्धक डिजिए नियुक्त भएका ज्ञवाली महाप्रबन्धक डिजीएम डेपुटी सीइओ हुँदै सिनियर डिसिइओमा बढुवा भएका हुन् ।

    नबिल बैंकमा आउनुअघि उनी ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नेपालको बैंकिङ, वित्तीय तथा आर्थिक नीतिको सम्बन्धमा प्रष्ट बक्ता हुन् । 

    उनीसँग नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्था, पुँजी बजारमा २ दशकबढी काम गरेको अनुभव छ । डिसिइओ ज्ञवालीले ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकलगायतका बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com