images
Logo
images

राष्ट्र बैंकले खारेज गर्यो नमस्ते रेमिट, मोर्डन रेमिट्यान्स र भाटभटेनी मनि ट्रान्सफरको लाइसेन्स

राष्ट्र बैंकले खारेज गर्यो नमस्ते रेमिट, मोर्डन रेमिट्यान्स र भाटभटेनी मनि ट्रान्सफरको लाइसेन्स

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • राष्ट्र बैंकले खारेज गर्यो नमस्ते रेमिट, मोर्डन रेमिट्यान्स र भाटभटेनी मनि ट्रान्सफरको लाइसेन्स

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल, मोर्डन रेमिट्यान्स र भाटभटेनी मनि ट्रान्सफरको लाइसेन्स खारेज गरेको छ । 
    केन्द्रीय बैंकले शुक्रबार एक सूचना प्रकाशित गरी तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो ।

    images
    images

    विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरूको लाइसेन्स खारेज गरेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन बिभागले जनाएको छ।

    लाइसेन्स खारेज भएका कम्पनीहरूसँग लेनदेन गर्ने कुनै व्यक्ति वा संस्थाले ३५ दिनभित्र विभागमा लिखित जानकारी दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

    सूचनाअनुसार सो अवधि भित्र कुनै दाबी नआएमा कम्पनीहरूको बैंक जमानत स्वतः फुकुवा हुनेछ । 

    विप्रेषण कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्रै हिसाब मिलान हुने राष्ट्र बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय