माग भन्दा बढी रकमको आवेदन आएपछि ‘गरिमा समृद्घि योजना’ चारदिनमै ‘क्लोज’

माग भन्दा बढी रकमको आवेदन आएपछि ‘गरिमा समृद्घि योजना’ चारदिनमै ‘क्लोज’

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • images
    images
    माग भन्दा बढी रकमको आवेदन आएपछि ‘गरिमा समृद्घि योजना’ चारदिनमै ‘क्लोज’
    images
    images

    काठमाडौं /  एक अर्ब बराबरको “गरिमा समृद्घि योजना” को निष्काशन तथा बिक्री चार दिनमा नै सम्पन्न भएको जनाएको छ । 


    गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Sponsor) रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड (Garima Mutual Fund) अन्तर्गत पहिलो बन्दमुखी योजना (First Close-Ended Scheme)  थियो । 

    गरिमा समृद्घि योजनाको बीज पुँजीसहित प्रतिइकाई अंकित मूल्य रु. १० दरको १०,००,००,००० (दश करोड) इकाइहरू  पुस ७ गतेदेखि ११ गतेसम्मका लागि सार्वजनिक निष्काशन खुल्ला गरिएको थियो । 

    उक्त अवधिभर रितपूर्वक माग भन्दा बढी रकमको लागि आवेदन पर्न आएकाले सार्वजनिक निष्काशन तथा बिक्री कार्य मिति  पुस ११ गतेदेखि लागू हुने गरी बन्द गरिएको सीईओ निर्मल भट्टराईले बताएका छन् । 

    यस निष्काशन कार्यमा सहयोग गर्ने लगानीकर्ता आवेदकहरु, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंक तथा सम्बन्धित सबै नियमन निकायहरुमा धन्यबाद ज्ञापन समेत दिइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com