images
Logo
images

बालेनलाई ‘रावण’को संज्ञा, रावण बस्ने महानगरपालिका दहन गर्ने कवाड व्यवसायीको चेतावनी

बालेनलाई ‘रावण’को संज्ञा, रावण बस्ने महानगरपालिका दहन गर्ने कवाड व्यवसायीको चेतावनी

बुधवार, पुस १० २०८१
बुधवार, पुस १० २०८१
  • बालेनलाई ‘रावण’को संज्ञा, रावण बस्ने महानगरपालिका दहन गर्ने कवाड व्यवसायीको चेतावनी

    काठमाडौँ / कवाड व्यवसायीहरूले पुस १४ गते काठमाडौँ महानगरपालिका घेर्ने घोषणा गरेका छन् । महानगरपालिकाका मेयर बालेनलाई रावणको संज्ञा दिँदै अब रावण बस्ने लंका दहन गरिने चेतावनी कवाड संघर्ष समितिले दिएको छ । 

    images
    images

    काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले रावण बनेर हामीलाई व्यवहार गरे । अब हामी राम बनेर हमला गर्ने छौँ, लङ्का दहन गर्नेछौं,”– संघर्ष समितिका संयोजक राम केवल गुप्ताले भने । 

    महानगरपालिकाले व्यवसायबाट विस्तापित गराउन खोजेको दुःख दिएको कवाड व्यवसायीको आरोप छ । गुप्ताले अब आफूहरू काठमाडौँ महानगरविरूद्ध लड्न, भिड्न तयार भएर आन्दोलनमा जान लागेको बताए ।

    उनले काठमाडौँका मेयर बालेन शाहलाई रावणको संज्ञा दिए । साथै, काठमाडौं महानगर प्रहरीहरूले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट  गरेको र गाली बेइनजती गरेको उनले बताए ।

    कवाड व्यवासायीहरूले अब महानगर प्रमुख बालेन र नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेविरूद्ध प्रहरीमा उजुरी दिने पनि जानकारी दिएका छन् ।  

    अदालतले कवाड नहटाउन आदेश दिए पनि महानगरले त्यसको विपरीत काम गरिरहेको उनले बताए । काठमाडौँ महानगरपालिका प्रमुख शाह धेरै सन्किएको र बहुलाइसकेको टिप्पणी गर्दै उनले अब जेल कोच्नुपर्ने बताए । बालेन देश र महानगरको लागि खतराको रूपमा देखिएको उनको टिप्पणी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय