images
Logo
images

हिमालयन बैंकले बोलायो साधारणसभा, ९२ लाख ५० हजार कित्ता एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित हुने

हिमालयन बैंकले बोलायो साधारणसभा, ९२ लाख ५० हजार कित्ता एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित हुने

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • हिमालयन बैंकले बोलायो साधारणसभा, ९२ लाख ५० हजार कित्ता एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित हुने

    काठमाडौँ / हिमालयन बैंकले पुस २९ गतेका ३२औँ वार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान १० बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । 

    images
    images

    बैंकको संस्थापक तथा सर्वसाधरण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न सेयर प्रिमियमसहित ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक (एफपिओ) निष्कासन गर्ने प्रस्ताव उक्त सभाले पारित गर्नेछ । 

    एफपिओ निष्कासनपछि जारी र चुक्तापुँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ । बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । 

    गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको टुङ्गोसमेत साधारणसभाले गर्नेछ । 

    साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ । 

    बैंकले आफ्नो सेयरधनीहरूलाई न्यूनतम मौज्दात ५ सय रुपैयाँमा सेयरधनी बचत खाता खोली निःशुल्क डेबिट कार्ड प्रदान गर्ने व्यवस्था गरेको छ । त्यसरी खाता खोल्ने सेयरधनीहरूको लाभांश रकम उक्त खातामा जम्मा गरिनेछ । 

    आ.व. २०७९/८० र सोभन्दा अगिाडिको लाभांश तथा बोनस सेयर नलिएका सेयरधनीहरूले हिमालयन क्यापिटल लिमिटेड, कमलादीस्थिति आइटि प्लाजाबाट लिन बैंकले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय