images
Logo
images

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई स्काइवाक टावर, चेरिसदेखि अमैचासम्ममा आकर्षक छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई स्काइवाक टावर, चेरिसदेखि अमैचासम्ममा आकर्षक छुट

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई स्काइवाक टावर, चेरिसदेखि अमैचासम्ममा आकर्षक छुट

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । 

    images
    images

    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले काइवाक टावर, चेरिस, अमैचा र मलाला युनिसेक्स सैलुनका सेवाहरूमा ग्राहकहरूलाई छुट सुविधा दिन उक्त सम्झौता गरेको हो ।  

    सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    बैंकका अनुसार ग्राहकहरूले स्काईवाक टावर (वन्डर्स नेपाल प्रा.लि.) कमलादी, काठमाडौँमा स्काईवाक टावर प्रवेश शुल्क १५ प्रतिशत र चेरिस गूुप प्रा.लि., विशालनगर काठमाडौँबाट खाना तथा पेय पदार्थ खरिदमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । 

    त्यस्तै, सानेपा, ललितपुरस्थित अमैचाबाट कपडा खरिद गर्दा र भैँसेपाटी ललितपुरस्थित मलाला युनिसेक्स सैलुन प्रा.लिबाट ब्युटिसियन सेवा लिँदा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । 

    यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

    साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय