images
Logo
images

नेशनल लाइफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिम प्रदेशका १६० भन्दा बढी अभिकर्ताहरू सम्मानित

नेशनल लाइफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिम प्रदेशका १६० भन्दा बढी अभिकर्ताहरू सम्मानित

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • नेशनल लाइफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिम प्रदेशका १६० भन्दा बढी अभिकर्ताहरू सम्मानित

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धनगढीस्थित होटल रूवसमा सुदुरपश्चिम प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जनाभन्दा बढी अभिकर्ताहरूलाई सम्मान गरेको छ ।

    images
    images

    कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा सुदुरपश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

    प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीद्वारा शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेशबाट आफ्नो कोडमा र सञ्जलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । 

    यसैगरी सो प्रदेशबाट नेशनल रत्न हुने अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । 

    समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले सिइओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरिय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरूप सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएसँगै सिइओ क्लबको सातै प्रदेशको कार्यक्रम सकिएको बताए । 

    सबै प्रदेशबाट यस कार्यक्रममा सहभागि जनाउनु हुने सबै अभिकर्ताहरूलाई धन्यावाद तथा बधाई ज्ञापन गरे । 

    news.JPG

    उनले, अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स-साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उद्देश्य रहेको बताए । 

    समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरूले प्रमुख कार्यकारी अधिकृतज्यूबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरूको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय