images
Logo
images

महालक्ष्मी विकास बैंकले ल्यायो अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विशेष कार्यक्रम, बैंकले खटायो फोकल पर्सन

महालक्ष्मी विकास बैंकले ल्यायो अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विशेष कार्यक्रम, बैंकले खटायो फोकल पर्सन

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • महालक्ष्मी विकास बैंकले ल्यायो अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विशेष कार्यक्रम, बैंकले खटायो फोकल पर्सन

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरी ३३औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बैंकले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images

    उक्त कार्यक्रमले बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरूको अधिकतम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखाको रूपमा विकास गर्न प्रयास गर्नेछ । 

    साथै अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रूपमा खटाइएको बैंकले जनाएको छ । 

    साथै, संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरूलाई सहयोग गर्ने उद्देश्य अनुरूप बैंकको केन्दि«य कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमकाबिच सेतो छडी लगायतका सामग्रीहरू समेत वितरण गरिएको छ । 

    उक्त किसिमका कार्यहरूबाट अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय