images
Logo
images

महालक्ष्मी विकास बैंकद्वारा वातावरणमैत्री तथा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा वातावरणमैत्री तथा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • महालक्ष्मी विकास बैंकद्वारा वातावरणमैत्री तथा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले विभिन्न्न कार्यक्रमहरू सम्पन्न गरेको छ । 

    images
    images

    बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा उक्त कार्यक्रमहरू सम्पन्न गरेको हो । 

    सो कार्यक्रमअन्तर्गत महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरू राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनको लागि दिने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरी राउण्ड टेबल नेपालसँग समझदारी गरेको छ । 

    यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौँ’ भन्ने परियोजनामा थप टेवा पुग्नेछ । 

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै तिनकुने टोल सुधार समिति, काठमाडौँलाई फोहोर व्यवस्थापनमा सहयोग पु¥याउन डस्टबिन वितरण गरेको छ । ४०० भन्दा बढी घर धुरी रहेको उक्त टोलमा स्वच्छता र हरियाली प्रवद्र्घन गर्ने उद्देश्यका साथ ५० वटा डष्टबिन वितरण गरिएको हो । 

    बैंकको सामुदायिक सरसफाईमा योगदान पु¥याउने दीर्घकालिन प्रतिबद्घता अनुरूप यस किसिमको सहकार्य गरिएको हो । 

    संस्थागत सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता स्वरूप ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृतिहरूको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभुषणहरूको प्रदर्शन गर्न आयोजित ‘पाटन हेरिटेज रनवे’आयोजना गर्न आर्थिक सहयोग गरेको छ । 

    त्यसैगरील दैनिक कामकाजलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामाग्री खरिद गर्न शिव मन्दिर, बसडिलवा, सिदार्थनगर, रूपन्देहीलाई बैंकले आर्थिक सहयोग गरेको छ । यस पश्चात मन्दिर व्यवस्थापनलाई कार्यालय व्यवस्थापन र पत्राचार गर्न सहज हुनेछ । 

    बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय