बिआरआई आयोजना अनुदानमा लिने देउवाको प्रष्टीकरण, सत्ता गठबन्धनमा खटपट नभएको जिकिर

बिआरआई आयोजना अनुदानमा लिने देउवाको प्रष्टीकरण, सत्ता गठबन्धनमा खटपट नभएको जिकिर

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • images
    images
    बिआरआई आयोजना अनुदानमा लिने देउवाको प्रष्टीकरण, सत्ता गठबन्धनमा खटपट नभएको जिकिर
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । 

    प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार जनकपुरधाम आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोह¥याएका हुन् । 

    “बीआरआई परियोजनामा हामी प्रस्ट छौँ । ऋण होइन अनुदान लिनुपर्छ,” जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले भने, “बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।”

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए । त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए । 

    “संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ,” देउवाले भने, “मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरूले पनि निर्णय गर्नुपर्ने हुन्छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com