आज नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार

आज नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • images
    images
    आज नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
    images
    images

    काठमाडौँ/  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ।


    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३३ अङ्कले उकालो लागेर चार सय ८६ दशमलव शुन्य तीनमा पुगेको छ। 

    कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको हो।


    कूल दुई करोड १६ लाख ६० हजार छ सय ३९ कित्ता शेयर रु १० अर्ब ३२ करोड तीन लाख ३१ हजार चार सय ३६ मूल्यमा कारोबार भएको छ।

    नेप्सेका अनुसार, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ। 

    न्यादी ग्रुप पावर नौ दशमलव ७९ र माछापुच्छ्रे बैंकको लगानीकर्ताले नौ दशमलव ५६ प्रतिशतले कमाएका छन्।

    यस्तै, रावा इनर्जी नौ दशमलव १२, कुर्थली कुखरी स्मल हाइड्रोपावर सात दशमलव ३२, पिपल्स हाइड्रोपावर छ दशमलव ०८, सुपर माई हाइड्रोपावर चार दशमलव ९२ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले चार दशमलव ३६ प्रतिशतले गुमाएका छन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com