images
Logo
images

मह आयात खोल्ने सरकारी तयारीप्रति महासङ्घको खेद, प्रचण्ड नेतृत्वको सरकारले लगाएका थिए रोक

मह आयात खोल्ने सरकारी तयारीप्रति महासङ्घको खेद, प्रचण्ड नेतृत्वको सरकारले लगाएका थिए रोक

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • मह आयात खोल्ने सरकारी तयारीप्रति महासङ्घको खेद, प्रचण्ड नेतृत्वको सरकारले लगाएका थिए रोक

    काठमाडौँ / नेपाल मौरीपालक महासङ्घले विदेशी महको आयात खोल्ने सरकारको तयारीप्रति खेद प्रकट गरेको छ । 

    images
    images

    नेपाली मौरीपालक किसानहरूसँग २१०० मेट्रिक टन मह स्टक रहेकै अवस्थामा सरकारले विदेशी महको आयात खोल्ने तयारी गरिरहेको कुरा सुन्नमा आएको भन्दै महासङ्घले खेद प्रकट गरेको हो । 

    एक विज्ञप्ति जारी गर्दै महासङ्घले सरकारले बहुराष्ट्रिय कम्पनीहरूको दबाबमा किसानहरूको समस्याप्रति कुनै गम्भीर चासो नदेखाइकन आयात खोल्ने तयारी गरिरहेको जनाएको छ ।  

    नेपालका मौरीपालक व्यवसायिक किसानहरूको ३ हजार १४३ मेट्रिक टन मह उत्पादनले बजार नपाइरहेको अवस्थामा यसअघि प्रचण्ड नेतृत्वको सरकारले विदेशी मह आयातमा रोक लगाउने निर्णय गरेको थियो । 

    मौरीपालक व्यवसायिक किसानहरु विस्थापनको संघारमा पुगेको कुरालाई मध्यनजर गर्दै तत्कालीन कृषि मन्त्री, कृषि सचिव, कृषि विभाग महानिर्देशक व्यवसायिक किट विकास केन्द्रका प्रमुख र नेपाल मौरीपालक महासङ्घको पहलमा गत जेठ ८ गते संयुक्त रूपमा विस्तृत अध्ययन गरी नेपालमा बाहिरबाट आउने मह आयात स्थगन गर्ने निर्णय गरेको थियो । 

    अझै पनि नेपाली मौरीपालक किसानहरूसँग २ हजार १०० मेट्रिक टन मह स्टक रहेको महासङ्घ अध्यक्ष सुभाषचन्द्र घिमिरेले बताए । 

    कसैका दबामा नपरी नेपालका किसानहरूको हक र हितको लागि आयातलाई यथावत रूपमा स्थगन गरि राख्नको लागि महासङ्घले उक्त विज्ञप्तिमाफर्त अपिलसमेत गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय