मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने

मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • images
    images
    मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
    images
    images

    काठमाडौँ / मेट लाइफ नेपालले आफ्नो वान बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन (हेल्थ रिस्क अस्सेसमेन्ट) सुविधा सुरु गरेको छ । 

    यो विशेष अफर, सेप्टेम्बर २०२४ को अन्त्य सम्म उपलब्ध रहने कम्पनीले नाएको छ । जसले एपमा दर्ता गर्ने जो कोहीले आफ्नो स्मार्टफोन क्यामेराको प्रयोगबाट ५० सेकेन्डमा आफ्नो स्वास्थ्य जाँच गर्न सकिने छ ।

    यो आकर्षक सुविधा सरल र प्रयोग गर्न सजिलो रहेको कम्पनीको भनाई छ । फोनको क्यामेरा प्रयोग गरेर, एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्छ र तुरुन्तै मुख्य स्वास्थ्य मेट्रिक्स जस्तै मुटुको दर, श्वासप्रश्वासको दर, रक्तचाप, अक्सिजन स्तर, र तनाव स्तरहरू प्रदान गर्दछ ।

    सम्पूर्ण प्रक्रियाले एक मिनेट भन्दा कम समय लिन्छ र सही नतिजाहरूको साथ प्रयोगकर्ताको स्वास्थ्यका महत्त्वपूर्ण सूचकहरूको ट्र्याक राख्नको लागि एक सुविधाजनक तरिका प्रदान गर्दछ ।

    यो सेवा पहुँच गर्नका लागि, प्रयोगकर्ताहरूले केवल वान बाइ मेटलाइफ एप डाउनलोड गरेर दर्ता गर्नुपर्छ । दर्ता गरेपछि, प्रयोगकर्ताहरूले लगइन गर्न सकिनेछ । 

    निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा या त होम ड्यासबोर्डबाट वा एपमा उपलब्ध ३६०हेल्थ आइकनबाट छनौट गरेर प्रयोग गर्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com