रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौँ बर्षमा, स्वास्थ्य शिविर, सहयोगदेखि सरसफाइसम्मका कार्यक्रम सम्पन्न

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौँ बर्षमा, स्वास्थ्य शिविर, सहयोगदेखि सरसफाइसम्मका कार्यक्रम सम्पन्न

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • images
    images
    रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौँ बर्षमा, स्वास्थ्य शिविर, सहयोगदेखि सरसफाइसम्मका कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड आठौँ बर्षमा प्रवेश गरेको छ । जीबन बिमा कारोबार सुरु गरेको ७ बर्ष पूरा गरी ८औँ बर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले आफ्ना ७० लाख बिमितहरू, लगानकर्ता, सरोकारवाला निकाय, कर्मचारीलगायत सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ । 

    कम्पनीले एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा पनि थप कार्य गर्न उर्जा प्राप्त हुने र उच्च प्राथकिताका साथ ग्राहकमैत्री भई उत्कृष्ट कारोबार गर्ने जनाएको छ । 

    बार्षिकोत्सवको अवसरमा कम्पनीले कर्मचारी तथा एडभाइजरहरू समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा  विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव मनाएको थियो । 

    कम्पनीले सो अवसरमा दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगञ्ज शाखाहरुमा रक्तदान, दमौलि शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्थास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरूद्वारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com