महालक्ष्मी विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको आईएसओ प्रमाणपत्र

महालक्ष्मी विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको आईएसओ प्रमाणपत्र

शनिवार, भदौ ८ २०८१
शनिवार, भदौ ८ २०८१
  • images
    images
    महालक्ष्मी विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको आईएसओ प्रमाणपत्र
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ढण्ण्ज्ञस् द्दण्ज्ञछ बाट प्रमाणपत्र प्राप्त गरेको छ।

    गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएपछि गत साउन ३२ गतेदेखि उक्त बैंकले आईएसओबाट प्रमाणित भएको प्रमाणपत्र प्राप्त गरेको हो ।

    अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गर्नुका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चितता गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन्।

    यो प्रमाण पत्र प्राप्त गर्नुअघि समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट अमेरिकास्थित रोयल इम्प्याक्ट लिमिटेडले गरेको थियो ।

    बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ।

    यो बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com