लिबर्टी माइक्रो लाइफको बार्षिक वित्तीय विवरण : नाफा  ७६ लाख माथि, अन्य सूचक कस्तो ?

लिबर्टी माइक्रो लाइफको बार्षिक वित्तीय विवरण : नाफा  ७६ लाख माथि, अन्य सूचक कस्तो ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • images
    images
    लिबर्टी माइक्रो लाइफको बार्षिक वित्तीय विवरण : नाफा  ७६ लाख माथि, अन्य सूचक कस्तो ?
    images
    images

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ७६ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षमा कम्पनीले ७६ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । 

    समीक्षा वर्षमा कम्पनीले २ करोड ९९ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क र २ करोड ८४ लाख ८५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

    यस्तै, चौथो त्रैमाससम्मममा कम्पनीको महाविपत्ति कोषमा १० लाख ५७ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ९४ लाख ३९ हजार रुपैयाँ र अन्य इक्विटीमा १ लाख १ हजार रुपैयाँ बढी रहेको छ।

    शेयर पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा १ करोड ५८ लाख ७९ हजार रुपैयाँ रहेको छ। 

    समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १.४५ रुपैयाँ कायम भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com