क्रेस्ट माइक्रो लाइफ बार्षिक वित्तीय विवरण : नाफा ४० लाख माथि, अन्य सूचक कस्तो ?

क्रेस्ट माइक्रो लाइफ बार्षिक वित्तीय विवरण : नाफा ४० लाख माथि, अन्य सूचक कस्तो ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • images
    images
    क्रेस्ट माइक्रो लाइफ बार्षिक वित्तीय विवरण : नाफा ४० लाख माथि, अन्य सूचक कस्तो ?
    images
    images

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ४० लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। 

    कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा ४३.७९ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ४४ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

    समीक्षा वर्षमा कम्पनीले ९ करोड ७६ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ६३ हजार रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    यस्तै, अघिल्लो वर्ष ३५ हजार रुपैयाँ बढी खुद बीमाशुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा ८ करोड ४२ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

    शेयर पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ४ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ६३ हजार रुपैयाँ बढी थियो।

    यता, समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ८ लाख ९३ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ७५ लाख १३ हजार रुपैयाँ र अन्य इक्विटीमा ८९ हजार रुपैयाँ बढी रहेको छ। 

    अघिल्लो वर्ष कम्पनीको महाविपत्ति कोषमा ४ लाख ९३ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३९ लाख ५१ हजार रुपैयाँ र अन्य इक्विटीमा ४९ हजार रुपैयाँ बढी रहेको थियो।

    समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ०.७० रुपैयाँ कायम भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com