बीमाको व्यापार बढ्यो तर घट्यो पहुँच, कति छन् बीमाको दायरामा ?

बीमाको व्यापार बढ्यो तर घट्यो पहुँच, कति छन् बीमाको दायरामा ?

शुक्रवार, साउन २५ २०८१
शुक्रवार, साउन २५ २०८१
  • images
    images
    बीमाको व्यापार बढ्यो तर घट्यो पहुँच, कति छन् बीमाको दायरामा ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को असार मसान्तसम्ममा बीमा कम्पनीहरुले करिब २ खर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन्। 

    नेपाल बीमा प्राधीकरणले सावृजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०/८१ को असार मसान्तसम्म जीवन र निर्जीवन बीमकहरुले १ खर्ब ९७ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

    यो तथ्यांकअनुसार बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन अघिल्लो वर्ष २०७९/८० को असार मसान्तसम्मको तुलनामा ८.३४ प्रतिशतले बढेको देखिएको हो । अघिल्लो वर्ष २०८० असार मसान्तसम्म बीमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

    समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ९.८२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

    यसैगरी अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३.१२ प्रतिशतले बढेर ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ थियो।

    हाल नेपालमा १४ जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा र ३ वटा लघु जीवन बीमाकम्पनीहरु सञ्चालनमा छन्।

    समीक्षा वर्षमा जीवन बीमकहरुले १ करोड ३८ लाख ८१ हजार ४९२ वटा बीमालेख जारी गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा १.८१ प्रतिशतले कम हो। अघिल्लो वर्षमा जीवन बीमकहरुले १ करोड ४१ लाख ३७ हजार ३२१ वटा बीमालेख जारी गरेका थिए।

    निर्जीवन बीमकहरुले जारी गरेको बीमालेख भने अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ३.९१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ वटा बीमालेख जारी गरेकोमा समीक्षा वर्षमा बढेर २९ लाख १ हजार ६४० पुगेको छ।

    बीमा प्राधिकरणको तथ्याङ्कअनुसार समीक्षा वर्षमा नेपालको कुल जनसंख्याको ४३.२७ प्रतिशत मानिस बीमाको दायरामा रहेका छन्। अघिल्लो वर्ष कुल जनसंख्याको ४४.३८ प्रतिशत मानिस बीमाको दायरामा रहेका थिए।

    बीमा कम्पनीहरुको व्यापार बढे पनि अझै ५६ प्रतिशतभन्दा बढी जनसंख्या बीमाको पहुँचबाट टाढा छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com