स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक वित्तीय विवरणः नाफा सवा ३ अर्ब माथि, अन्य सूचकको अवस्था कस्तो ?

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक वित्तीय विवरणः नाफा सवा ३ अर्ब माथि, अन्य सूचकको अवस्था कस्तो ?

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • images
    images
    स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक वित्तीय विवरणः नाफा सवा ३ अर्ब माथि, अन्य सूचकको अवस्था कस्तो ?
    images
    images

    काठमाडौँ / स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आर्थिक बर्ष २०८०/८१ मा सवा ३ अर्ब माथि नाफा आर्जन गरेको छ । 

    बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा बैंकले ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो बर्षको तुलनामा ४.५१ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    यता, यस बर्ष बैंकको नाफा घटेसंगै सञ्चालन मुनाफा पनि घटेको छ । यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि ४.५३ प्रतिशतले घटेर ४ अर्ब ७४करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ९७ करोड १७ लाख रुपैयाँ थियो।

    आव २०८०/८१ मा बैंकको २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको छ। समीक्षा वर्षका लागि बैंकको लाभांश क्षमता २६.५ प्रतिशत रहेको छ।

    समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १५ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १३.४६ प्रतिशतको कमी आएको छ।

    चुक्तापुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा ८ अर्ब ६३ करोड १० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ रहेको छ।

    बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.१८ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले २१ करोड ६१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

    समीक्षा वर्षमा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

    समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३५.०९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३६.७५ रुपैयाँ थियो। पीई रेसियो १७.१६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २१८.०४ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com