निर्जीवन बीमा कम्पनीको ६६.७१ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशमा कति ?

निर्जीवन बीमा कम्पनीको ६६.७१ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशमा कति ?

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • images
    images
    निर्जीवन बीमा कम्पनीको ६६.७१ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशमा कति ?
    images
    images

    काठमाडौँ / निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१ मा करिब साढे ४१ अर्ब रुपैयाँको व्यापार गरेका छन्। 

    नेपाल बीमा कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले एक बर्षमा ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरका हुन् । यस अवधिसम्ममा निर्जीवन बीमकले २८ लाख ४९ हजार ९३४ वटा बीमा पोलिसी बिक्री गरेका छन् । 

    बागमती प्रदेशमा हिस्सा सबैभन्दा धेरै 

    समीक्षा वर्षमा निर्जीवन बीमकहरुको व्यापारको ठूलो हिस्सा बागमती प्रदेशमा देखिएको छ। यो प्रदेशमा निर्जीवन बीमकहरुले २७ अर्ब ६६ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल व्यापारको ६६.७१ प्रतिशत हिस्सा हो।

    यसैगरी निर्जीवन बीमकहरुको दोस्रो ठूलो बजार लुम्बिनी प्रदेश देखिएको छ। लुम्बिनीबाट निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ६५ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यापारको ८.८१ प्रतिशत हो।

    अन्य कुन प्रदेशमा कति ? 

    तेस्रो ठूलो बजारका रुपमा कोशी प्रदेश रहेको छ। यो प्रदेशमा निर्जीवन बीमा कम्पनीको बजार हिस्सा ८.६ प्रतिशत रहेको छ। यो प्रदेशका कम्पनीहरुले ३ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    त्यस्तै निर्जीवन बीमकहरुले मधेश प्रदेशबाट २ अर्ब ६६ करोड ६ लाख रुपैयाँ, गण्डकीबाट २ अर्ब १८ करोड ७५ लाख रुपैयाँ, सुदूरपश्चिमबाट १ करोड ५ लाख २६ हजार रुपैयाँ र कर्णालीबाट ६८ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 

    मधेश प्रदेशमा ६.४२ प्रतिशत, गण्डकीमा ५.२८ प्रतिशत, सुदूरपश्चिममा २.५४ प्रतिशत र कर्णालीमा १.६५ प्रतिशत बजार हिस्सा देखिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com