दुईवटा मिसोलान स्टार पाएको दुबईको एक रेष्टुरेन्ट, जहाँ हेड सेफ छन् नेपालका राहुल बाबु श्रेष्ठ

दुईवटा मिसोलान स्टार पाएको दुबईको एक रेष्टुरेन्ट, जहाँ हेड सेफ छन् नेपालका राहुल बाबु श्रेष्ठ

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • दुईवटा मिसोलान स्टार पाएको दुबईको एक रेष्टुरेन्ट, जहाँ हेड सेफ छन् नेपालका राहुल बाबु श्रेष्ठ

    उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ले  प्राप्त गरेको छ। बेलायती सेफ आर्थनटनले दुई दशकअघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ ।

    images
    images

    खानामा राखिने सामाग्रीको गुणस्तर, स्वादको सन्तुलन र सेफको दक्षतालाई प्रस्तुत गरी मेनुमा निरन्तरता दिएको ‘रो अन फोर्टिफाइभ’मा हेड सेफको रूपमा नेपालका राहुल बाबु श्रेष्ठ कार्यरत छन् । 

    सन् २०१३ देखि  श्रेष्ठले विभिन्न रेष्टुरेन्टमा इन्टर्सिप गर्दै आफ्नो व्यवसायिक करियरको  सुरुवात गरेका थिए । यसै क्रममा लन्डन र सिंगापुरमा जसनसँग र ३ वटा मिसोलन स्टार पाएको नर्वेको रेष्टुरेन्टमा समेत काम गरिसकेका छन् ।

    Rahul.jpg

    सन् २०१६ मा फेरी उनी जसनसँगै काम गर्न दुबई पुगेका थिए । हाल उनी रो अन फोर्टिफाइभमा सेफ दी क्युजिनसँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा रहि एक्जुकिटिभ सेफ ड्यान बर्कसँग किचन टिम सम्हालिरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय