१ बर्षमा निर्जीवन बीमा कम्पनीको शाखा विस्तार १०.६५ प्रतिशतले बढ्यो, कर्मचारी संख्या कति ?

१ बर्षमा निर्जीवन बीमा कम्पनीको शाखा विस्तार १०.६५ प्रतिशतले बढ्यो, कर्मचारी संख्या कति ?

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • images
    images
    १ बर्षमा निर्जीवन बीमा कम्पनीको शाखा विस्तार १०.६५ प्रतिशतले बढ्यो, कर्मचारी संख्या कति ?
    images
    images

    काठमाडौँ / जीवन बीमकको तुलनामा निर्जीवन बीमक शाखा विस्तारमा आक्रामक देखिएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक बर्षको अवधीमा निर्जीवन बीमा कम्पनीको शाखा विस्तार १०.६५ प्रतिशतले बढेको देखिएको हो । 

    चालु आर्थिक वर्षको वैशाखसम्म निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या १ हजार १२२ पुगेको छ। अघिल्लो आर्थिक वर्ष वैशाखसम्म निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या १ हजार १४ थियो। यस हिसाबले पछिल्लो १ वर्षमा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या १०.६५ प्रतिशत अर्थात १०८ ले बढेको हो।

    यो एक वर्षमा जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय भने ३.६८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष वैशाखसम्म जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या १ हजार ९०१ रहेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म घटेर १ हजार ८३१ मा झरेको छ।

    3.JPG

    औसत दुवै वर्गका बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या भने १.३० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वैशाखमा दुवै समूहका बीमा कम्पनीको कुल शाखा कार्यालय संख्या २ हजार ९१५ रहेकोमा यो वर्ष वैशाखमा बढेर २ हजार ९५३ पुगेको छ।

    दुवै समूहका बीमा कम्पनीहरु कर्मचारी संख्या पनि यो १ वर्षमा ३.३० प्रतिशतले बढेर ११ हजार ६५८ पुगेको छ। अघिल्लो वर्ष वैशाखसम्म दुवै समूहका बीमा कम्पनीहरुमा कर्मचारी संख्या ११ हजार २८६ थियो।

    यो वर्ष वैशाखसम्म जीवन बीमा कम्पनीहरुमा कर्मचारी संख्या ५ हजार ८३८ र निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ८२० रहेको छ। अघिल्लो वर्ष वैशाखसम्म क्रमशः ५ हजार ७०५ र ५ हजार ५८१ थियो। 

    हाल १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लघु जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com