हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै सकियो युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभा

हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै सकियो युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभा

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • images
    images
    हकप्रद  सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै सकियो युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभा
    images
    images

    काठमाडौँ / युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गर्दै कम्पनीको साधारण सभा सकिएको हो । 

    त्यसैगरी साधारणसभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् । कम्पनीकी अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । 

    साथै, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र  अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

    त्यसैगरी सभाले कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रबद्र्घित मेवा खोला जलविद्युत आयोजना (५० मे.वा.) (आयोजना)मा लगानी गर्नका लागि विद्युत नियमन आयोगद्वारा २०८० माघ २२  मा दिएको सहमति बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख बराबरको सेयर संख्या १ करोड २३ लाख ५ हजार कित्ता सेयर १ः१ अनुपातमा जारी गर्ने भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com