१० महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार पौने ३३ अर्ब बढी, कुन कम्पनीको कति ?

१० महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार पौने ३३ अर्ब बढी, कुन कम्पनीको कति ?

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • images
    images
    १० महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार पौने ३३ अर्ब बढी, कुन कम्पनीको कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले पौने ३३ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्। 

    नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक बर्षको १० महिनामा ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। उक्त अवधीमा यी कम्पनीहरूले २३ लाख ९३ हजार १८२ वटा बीमा पोलिसी बिक्री गरेका छन् । 

    समीक्षा अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको रहेको छ। यो कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 

    यस्तै, तेस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशल्क आर्जन गरेको छ।

    यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ र नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । 

    त्यसैगरी, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ करोड २५ करोड ८७ लाख र नेशनल इन्स्योरेन्सले ९४ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com